टेक्सासमा लुटेरा समूहको गोली प्रहारबाट एक नेपाली गम्भीर घाइते
अमेरिकाको टेक्सासमा लुटेरा समूहको गोली प्रहारबाट एक जना नेपाली घाइते भएका छन्।
अष्टिनमा नेपाली युवा उमेश न्यौपानेमाथि गोली प्रहार हुदाँ उनको अवस्था गम्भिर रहेको त्यहाँ रहेका अन्य नेपालीहरुले जानकारी दिएका छन् ।
ग्यास स्टेशनमा काम गरिरहेका बेला उनीमाथि लुटेराले गोली हानेका हुन्। उनको पेटमा गोली लागेको छ । ३ जनामा आएका समूहले उनलाई देख्ने वित्तिकै गोली हानेका थिए। उनको स्थानीय अस्पतालमा आइसियुमा उपचार भइरहेको छ।