जवानकाे अवस्था अझै अज्ञात
(धनगढी) कैलालीमा भएको प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक गिरोह पक्राउ गरेको छ । पक्राउ परेकाहरुले विकको हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्न फरार केहीको खोजी भइरहेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले घटनामा संलग्न सबै अपराधीहरू केही दिनमै पक्राउ परिसक्ने बताए ।
शनिबार राति नियमित गस्तीमा निस्केका प्रहरी सहायक निरीक्षक विकको शव भाेलिपल्ट मोहना नदीमा भेटिएको थियो । विकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।