तीन जना सवार स्कुटर दुर्घटना, एकको मृत्यु, दुई जना घाइते
(विराटनगर) तीन जना युवती सवार रहेको स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा सवार स्कुटर अनियन्त्रित भएर दुर्घटना थियो ।
बुधबार राति करिब ११ बजेर ४५ मिनेटमा भएको दुर्घटनामा परेर घाइते भएका दुई युवती मध्ये एकको विराटनगरको नोबेल शिक्षण अस्पताल र एकको सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर दुर्घटनामा चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ भने स्कुटरमा सवार १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।