बाबुराम हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएसँग गोरखा पालुङटारमा बढ्दो कोरोनाको त्रास
पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत कात्तिक ७ गते गरिएको स्वाव परिक्षणमा आफुलाई कोरोना भाइरस संक्रमणको पुष्टि भट्टराईले जानकारी दिएका छन् ।
हालैमात्र गोरखा र मधेशमा जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्केका हुन् ।
गोरखा मधेशमा उनी पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
त्यतिबेला पार्टीले सामाजीक दुरीको मापदण्डको व्यापक उलङ्घन गरेको थियो । नेकपा प्रदेश कमीटी सदस्य हरी काफ्लेका अनुसार पालुङटार नगरपालिका पनि पार्टी प्रवेश कार्यक्रम भएकाले कोरोना संक्रमण फैलने त्रास बढेको बताएका छन् ।