३७ जनामा संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा निधन भएकाे छ । निधन हुनेमा तनहुँको ब्यासका ६८ वर्षीय पुरुष रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा बुधबार साँझ निधन भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । बिहीबार बिहान मात्रै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज तपिएका संक्रमति नवलपुरका १६ जना, कास्कीका ११ जना, तनहुँका सात जना र गोरखाका तीन जना छन् । बिहीबार थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार दुई सय ११ पुगेको छ ।