बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु
रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचाररत् थप दुइ जनाको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राती सवा ८ बजे र बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले उपचारका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिए ।
स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि महिलालाई सोमबार बिहान अस्पताल भर्ना गरिएकोमा साझ मृत्यु भएको गौतमले बताए ।