चौरसिया हत्याका मुख्य तीन आरोपी फरार
(पर्सा) विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा मुख्य गरी तीन जना व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
ती संलग्न व्यक्ति विन्दवासिनीकै हुन्। वडा नम्बर ४ का अखिलेश चौरसिया, शंकर पुकार तिवारी र रञ्जन तिवारीले चौरसियाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
ती तिनै जना अहिले फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। ती संलग्न व्यक्ति विन्दवासिनीकै हुन्। वडा नम्बर ४ का अखिलेश चौरसिया, शंकर पुकार तिवारी र रञ्जन तिवारीले चौरसियाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
ती तिनै जना अहिले फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।
‘मुख्य गरेर तीन जना व्यक्तिहरू घटनामा संलग्न भएको देखिन्छन्, ती सबै फरार छन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।
कात्तिक ६ गते विन्दवासिनी गाउँपालिकाको कमिटी गठनपछि भएको शपथ ग्रहणमा दोहोरो झडप हुँदा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा संलग्न नभएका व्यक्तिको पनि नाम आएपछि अहिलेसम्म जाहेरी दर्ता हुन नसकेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।
‘सरकारी वकिलसँग परामर्श भइरहेको छ, आज जाहेरी दर्ता हुन्छ,’ कुँवरले भने, ‘घटनामा संलग्न नभएका व्यक्तिहरूको नाम आएपछि हामीले सरकारी वकिलसँग के गर्ने भनी राय मागेका छौं।’