२ हजार ९४२ लाई कोरोना, १२ को मृत्यु
आइतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
त्यस्तै यस अवधिमा २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ ।
थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पिसिआर परीक्षण गरिएको छ।