बझाङ सामुदायिक अस्पताल संरक्षण अभावमा जिर्ण बन्दै
बझाङ स् छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा रहेको डोब्रा सामुदायिक अस्पताल संरक्षण अभावमा जिर्ण बन्दै गएको छ । २०६६–०६७ सालमा करिब ७५ लाखमा निर्माण भएको उक्त सामुदायिक अस्पतालको संरक्षणमा लगानीकर्ता र स्थानीय तहको ध्यान नपुग्दा जिर्ण बन्दै गएको हो ।
जिल्लाको रेफ्रल अस्पतालका रुपमा विकास गर्ने लक्ष्य भए पनि कसैले अस्पताल विकासमा ध्यान नदिदा अस्पताल जिर्ण बन्दै गएको तत्कालिन् छबिस ग्रामिण चेतनालय९प्यारेन्टस नेपाल० का कार्यकारी सचिव धनबहादुर रावलले बताए ।
जिल्लाकै दोस्रो सुविधा सम्पन्न अस्पतालमा कर्मचारी अभावमा पाँच वर्षदेखि बन्द भएको छ । आफुहरुले जिल्ला र केन्द्र स्तरमा अस्पताल संचालनका लागि पटक–पटक पहल गरे पनि कतैबाट वास्ता नगरिएको पछि आफूहरुले सहयोगको लागि पहल गर्नै छोडेको उनले बताए ।