भोलिबाट साझाको लामो दुरीका गाडी चल्ने
भोलिबाट साझा यातायातका लामो दुरीका गाडी चल्ने भएका छन्।‘सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउँदै छौ,’ पाण्डेले भने।
भोलि साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी हरिहरभवन–नयाँ बसपार्क हुँदै छुट्ने उनले जानकारी दिए।पाण्डेकाअनुसार दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन हुनेछ।
यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्नेछन्।