कोरोना संग संगै बांच्न सिकौं।
हामीहरु चैत्र ११ गते देखि कोरोना बिषाणुको कारण त्रसित मनोबिज्ञानका साथ आ आफ्नो मानसपटलमा मानसिक बिक्षिप्त हुँदै हाम्रो दैनिक क्रियाकलाप संचालन गर्न सकेका छैनौं र कति मानिसको त कोरोना बिषाणुको तरास पछिका व्यावसायिक कारोबार साथै आफ्नै घर व्यबहार संचालन गर्न नसकेको कारणले आत्माहत्याको गणना गर्ने हो भने डर लाग्दो तथ्यांक बाहिर आउने निचित सम्भावना छ ।हाम्रो समाज मद्य्म र निम्न बर्गको समाज चित्रण रहेको अबस्थाले निम्न बर्ग भोकै मर्ने र मद्य्म बर्ग न दिन सक्ने न माग्न सक्ने अबस्थामा पुग्न लागि सक्दा सामाजमा खानको लागि बाच्ने र बाच्न लागि खानेको बिचमा संघर्ष हुन मात्र हैन खान नपाए पछि विभिन्न अपराध बाट समाजलाई बचाउन पनि सजिलो छैन र नुनिकरण गर्न निरन्तर सरकार लाग्नु पर्ने छ ।
समाजमा कुनै खाले घटना भएमा राज्यको स्रोत र साधन सहि समय पुग्ला भन्न सकिने अबस्थामा छैन । कुनै पनि महामारीको बेलामा वा कुनै समस्यामा लकडाउन वा निशेध आज्ञा गर्दा कुनै पनि काम गर्न वा तयारी गर्न नपुगेको कारणले गर्ने गरिन्छ तर हामी लकडाउनको बिल्प लकडाउन वा निशेध आज्ञा गर्छौ भने हाम्रो जीवनमा लामो समयसम्म अर्थतन्त्र जाम गर्दा कोरोना भन्दा अन्य कारणले मृत्यु हुने बडि हुने छ त्यस कारण लामो समय बन्द गर्ने हो भने सो कारणले समस्या भएका सम्पुर्ण जनतालाई राज्यले पाल्नु पर्छ त्यो सम्भावना छैन र लकडाउन वा निशेध आज्ञाले अब हामी जनता वा नागरिक सचेत नहुनेको भने मानव सब्यता माथीनै प्रश्न नआला भन्न सकिने अबस्था छैन ।
कोरोना बिषाणु जति जटिल रोग भनिदै छ तर अन्य रोग पनि त्यतिकै जटिल छ भन्ने कुरा बिर्सनु हुँदैन र हामीले जनस्वास्थ्यका नियम पालना गरेर दैनिक काममा फर्क्नु पर्छ भन्ने कुरा मेरो मानसपटलमा निकै अगाडि देखिनै परिरहेको छ। लकडाउन / निशेध आज्ञा को बिकल्प निशेध आज्ञाले कोरोना संग लड्ने हतियार पुर्ण हैन अब जनस्वास्थ्यका नियम कठोर साथ लागू गरि सरकारका शासक र प्रशासकले आफ्नो जिवनलाई सोसल अडिट सहित कर्तव्य ,दायित्व सहित जवाफ देहि हुने र जनताले जिम्मेवार पुर्ण ढंगले सरकारले बनाएका जनस्वास्थ्यका नियम पालना गर्दै कोरोना संग सगै बाच्न सिन्नु पर्छ। त्यसकारण सरकार अब यसो गर्ने सुझाव :
१) जनस्वास्थ्यका नियम कडाइका साथ लागू गर्ने ।
२) स्थानीय सरकार मार्फ हात धुन टोल टोलमा साबुन /पानीको ब्यस्था गर्ने ३)सके सम्म डिजिटल माद्य्म बाट आबस्यक बितिय कारोबार तथा खरिद बिक्री गर्ने
४) श्वास प्रस्वासको समस्या/रुघाखोकी /ज्वरो आएका बिरामीलाई मात्र pcr चेक गर्ने अन्य निरोगि लाई त रोगी वा संक्रमित होस भन्दै खोज्न नजाने ।
५) कोरोना बारेमा सचेतना जगाउने बिभिन्न बिबाह ,मृत्युु अन्य काममा कति मान्छे सहभागी हुने के के बिधि हुने सो विधि कडाइका साथ लागू गर्ने/ गराउने
६)कोरोना को उपचार हस्पिटल र अन्य उपचार हस्पिटल छुट्टै ब्यबस्था गर्ने ( भ्याक्सिन नआउन जेल)
७) डाक्टर , नर्स , स्वास्थ कर्मी संक्रमित हुदाको अबस्थामा फलानो हस्पिटल भनेर तोक्ने
८)ज्वरो,रुघाखोकी तथा स्वास प्रस्वास समस्या भएका बिरामीलाई निक्षित हस्पिटल तोक्ने र सो बिरामी हुने बितैकै हस्पिटल आउन अनुरोध गर्ने अनि सामान्य रुघाखोकी लागेमा पनि परिवार संग छुट्टै बस्ने र बाहिर घुमफिर नगर्ने
९) क्वारेन्टाइन बनाउने / अस्पताल सिल गर्ने / लकडाउन वा निशेध आज्ञा निश्चिति समयको लागि ठिकै हो तर अब सम्भावना छैन अरु रोग र भोगले पनि मर्न दिनु भएन
१०) काम गर्न नपाए पछि खाना पाउदैन खान नपाए पछि कमजोर शरीरले कोरोना संग लड्न सक्दैन त्यसकारण राज्यले जनता लाई जनस्वास्थ्यका नियम सहित काम गर्न दिने ब्यबस्था गर्ने