धुलिखेलमा थप एक जना कोरोना संक्रमितको मृत्यु
धुलिखेल अस्पतालमा उपचाररत् एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
काभ्रे स्वास्थ प्रमुख नरेन्द्र कुमार झाले मृत्यु हुनेमा महोत्तरी बर्दिबासमा ७६ वर्षीय वृद्ध रहेका बताए। उनकाअनुसार ती वृद्धको शनिबार बिहान ६ बजे मृत्यु भएको हो। उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका थिए।
भर्ना भएकै दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गर्दै छ।