लायन्स क्लव अफ काठमाडौँ जोरपाटीले वितरण गर्यो माक्स, सेनिटाईजर र जुस
(काठमाडौँ, भद्र -२०) लायन्स क्लव अफ काठमाडौँ जोरपाटीले जोरपाटी चोक र माकलबरीका ट्राफिक प्रहरी र बाटो हिड्ने बटुवा लाई माक्स, सेनिटाईजर र जुस वितरण गरेको छ । गोकर्णेश्वर नगरपालिका अन्तरगत जोरपाटी र माकलबरी कोरोना नियन्त्रणमा फ्रन्टलाइन मा बसेर काम गरेका जनप्रथतनिधि, प्रहरी र सर्वसाधारणलाई सहयोग पुगोस भन्ने उद्येश्यले उक्त सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा लायन्स क्लव अफ काठमाडौँ जोरपाटी का प्रेसिडेन्ट देवनारायण चौलागाई, गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार तथा लायन्स क्लव अफ काठमाडौँ जोरपाटीका सदस्य दिपक रिसाल, फस्ट भाइस प्रेसिडेन्ट बविता लामा राजभण्डारी, सेकेन्ड भाइस प्रेसिडेन्ट प्रकाश अधिकारी ,सेक्रेटरी निराजन श्रेष्ठ, मल्टिपल हँगर रिलिफि कोअर्डिनेटर पिडिजी एम. जी. एफ. कुमार राज सुवेदि, ड्रिस्टिक जि. एस. टी. कोअर्डिनेटर लाईन धर्म शरण श्रेष्ठ, ड्रिस्टिक एडमिनिस्ट्रेृट सुरेन्द्र बालया ,लायन गोकुल बराल, देवराज श्रेष्ठ, राकेश चक्रधर जोन चयर कुमार श्रेष्ठ, समिता श्रेष्ठ लगायत लायन्स क्लव का अन्य सदस्यहरु, स्थानिय प्रहरी र जनप्रथतनिधि को उपस्थिति रहेको थियो ।

