धरानको विपीमा उपचार गराइरहेका संक्रमित पुरूषको मृत्यु
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचाररत् सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
सिरहाको मिर्चैया-६ निवासी उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निगदेश सापकोटाले जानकारी दिएका छन्।
सापकोटाका अनुसार उनलाई गत भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट धरान रिफर गरिएको थियो। उच्च रक्तचाप र मधुमेहका समेत रोगी रहेका उनको ९ गते संक्रमण पुष्टि भएको थियो। स्वासप्रस्वास समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।
मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।