उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा बुधबार थप ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ३ सय ५०, ललितपुरका २९ जना र भक्तपुरमा ९ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।