वीरगन्जमा १ सय १० कोरोना संक्रमित थपिए
बिहीबार वीरगन्जमा थप १ सय १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १० जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
बुधबार राति गरिएको परीक्षणमा ८० पुरुष र ३० जना महिलामा संक्रमण देखिएको हो। संक्रमितहरूमध्ये पर्साका ६९, बाराका २४ र रौतहटका १७ जना छन्। उनीहरू डेढ वर्षदेखि ८० वर्ष उमेर समुहका छन्।
बुधबार भने वीरगन्जमा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको थियो।