पुनरकर्जाका लागि आवेदन आह्वान
(काठमाडौं) नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना निकाल्दै राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ ।
पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले पुनरकर्जाका लागि पेश गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।