भक्तपुरमा वृद्धामा मृत्युपछि कोरोना पुष्टि
भक्तपुरमा कोरोना भाइरसको संक्रमणबाट ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघर निवासी उनको मृत्युपछि कोरोना पुष्टि भएको उपमेयर अन्जना देवी मधिकर्मीले जानकारी दिइन्। बिहीबार उपचारका लागि नागरिक अस्पताल लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। सोही क्रममा स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो।
संक्रमण पुष्टि भएपछि मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ। शुक्रबार नै चितवनमा दुई जना र बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।