अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना पुष्टि
(काठमाडौं) अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।
गत शुक्रबार अख्तियारका १ सय ८२ कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अख्तियारका कर्मचारीका नमुना संकलन गरेको थियो ।
१५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार कार्यालयमा विशेष स्वास्थ्य सतर्कता अपनाइएको छ ।