काठमाडौं उपत्यकामा १ सय ८६ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा उपत्यकाभित्र १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।
शनिबार थपिएका संक्रमितहरू काठमाडौंका १ सय ५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जना छन्। उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।
शुक्रबार काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।