धनुषामा एक पुरूषमा मृत्युपछि कोरोना पुष्टि
धनुषामा पुरूषमा मृत्युपछि कोरोना पुष्टि भएको छ।
धनुषाको मुखियापट्टी मुसरनियाँ घर भएका ४५ वर्षीय पुरूषलाई बुधबार दिउँसो करिब २ बजेतिर ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासको समस्या आएपछि उनलाई प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो।
अस्पताल भर्ना गरिएको दुई घण्टामै उनको मृत्यु भएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ड डा. जामुन प्रसाद सिंहले जानकारी दिए।
कोरोनाको शंकास्पद बिरामी देखिएका उनको मृत्युपछि स्वाब परीक्षणका लागि लिइएकोमा आज आएको पिसिआर रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको डा. सिंहले बताए।
मृतक पुरूष क्षयरोग र मधुमेह रोगका बिरामी थिए।