कालिकोटमा एक महिनाकी बालिकासहित ६ जनामा कोरोना संक्रमण
कालिकोटमा १ महिनाकी बालिकासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
कालिकोटको रास्कोट नगरपालिकाको आइसोलेनमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको नि.स्वास्थ्य व्यवस्थापक भीष्मप्रसाद पोखरेलले बताए ।
संक्रमित हुनेमा रास्कोट नगरपालिका–२ का १ महिना बालिका, १८ महिनाका बालक, ३ वर्षका बालक, ४४ वर्षका पुरुष, २४ वर्षिया महिला, वडा नं. ८ का २१ वर्षका पुरुष रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए । ‘कालिकोटको कोरोना संक्रमित हुनेको संख्या ६१ पुगेको छ ।’ उनले भने,‘त्यसमध्येका ४९ जना निको भएर डिस्चार्ज भएका छन् ।’
हाल जिल्लामा १२ जना कोरोना संक्रिय संक्रमित बिरामी रहेको उनीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी महतले जानकारी दिए ।