गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना पुष्टि
(काठमाडौं) गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक÷एक जना थपिएका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ ।
म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । संक्रमित सवैलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भएको छ । आज थपिएका सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुगेको छ । यस्तै चितवनमा पनि पाँच जना कोरोना संक्रमित थपिएका छन् ।
भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको माडी नगरपालिकाका चार जना पुरुष र रत्ननगर नगरपालिकाका एक जनामा महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।