पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा नेविसंघद्वारा आयल निगम घेराउ
(काठमाडाैँ) सरकारले पटकपटक पेट्रोलियम पदार्थमा गरेकाे मूल्यवृद्धिकाे विरोधमा नेविसंघले प्रदर्शन गरेकाे छ । अाइतबार बिहान ११ बजेदेखि नेविसंघले बबरमहलस्थित नेपाल आयल निगम घेराउ गरेका हुन् ।
उनीहरूले भ्रष्ट सरकार राजिनामा दे, भ्रष्ट सरकार मुर्दावाद, मुल्य वृद्दि खारेज गर, सरकारमा बसेर जनता मार्न पाइँदैन जस्ता नारा लगाएका थिए । आयल निगमभित्रको भ्रष्टाचार छानबिन गर्न समे उनीहरले माग गरेका छन् ।