स्वास्थ्यमन्त्री ढकालले एसिड आक्रमणमा परेकी पवित्रालाई अस्पताल पुगेर भेटे
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एसिड आक्रमणमा परेकी पवित्रा कार्कीलाई भेटेका छन्।
आइतबार मन्त्री ढकाल कीर्तिपुर अस्पतालमा पुगेर कार्कीलाई भेटेका हुन्। भेट गरेकोबारे मन्त्री ढकालले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी गराएका हुन्। ‘एसिड प्रहारबाट घाइते हुनुभएकी पवित्रा कार्कीको आज कीर्तिपुर अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेँ,’ मन्त्री ढकालले लेखेका छन्,‘उनको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिने विश्वास दिलाउँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
बिहीबार साँझ सितापाइलामा दही–च्युरा किनेर कोठा फर्किने क्रममा कार्कीमाथि एसिड आक्रमण भएको थियो। उनीमाथि एसिड आक्रमण गर्न लगाउने मोहमद आलम र आक्रमण गर्ने फेयाज आलमलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।