बैतडीमा २१ जना कोरोना संक्रमित भेटिए
(बैतडी) बैतडीको शिवनाथ गाउँपालिकाका २१ जनामा कोरोना संक्रमण भेटिएकाे छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २१ मा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हुनेमा शिवनाथ गापा वडा नं २ का १० वर्षीय बालिकासहित ७ जना पुरुष, वडा नं ३ का ४ जना पुरुष, वडा नं ४ र ६ का ५/५ जना गरी २१ जना रहेकाे स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिनुभयो । उनीहरू सबै भारतबाट आएकाे बताइएकाे छ ।
संक्रमण पुष्टि भएका २१ जनामध्ये १७ जना यसअघि नै घर गएको पाइएको छ । वडा नं २ कि १० वर्षीय बालिकासहित ७ जना, वडा नं ४ का ५ जना पुरुष, र वडा नं ६ का ५ जना पुरुष घर गएका थिए ।