पुर्खा लडे, हामी अडे पुग्छ : नयाँ नक्साबारे प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा अनुसारको संविधान संशोधन विधेयकमा देखिएको एकताप्रति खुसी व्यक्त गरेका छन्।
प्रतिनिधि सभाबाट मंगलबार नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्नेसम्बन्धी संविधान संशोधन गरेने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको थियो। प्रधानमन्त्री ओलीले नेपाललाई पुर्खाले लडेर जोगाएकाले अहिले नेपालले अडे पुग्ने उल्लेख गरे। उनले संविधान संशोधनको जस संसदको हुने बताए।
'कोही कसैले बढी जस लिन्छ भन्ने होइन, सर्वसम्मतले निर्णय गरेपछि त्यसले सबैको मन, भावना र सहमति देखिन्छ', उनले भने।