आत्माआलोचना सहित गलत र सहि छुट्याउने कर्याकर्ता नेता बन्नु हुन्न ।
पार्टिको क्रान्ति ,छ्लाङ्ग ,क्रमभङ्ग एकता र विघटनले सबै नातागोता संरक्षण गर्दै आफ्नो स्वार्थमा आधारित सिद्धांत बनाउने ब्याख्या जनताले सुन्नु पर्ने समाचार नौलो हुने छैन र सबैले पत्याउनु पर्छ ।अनि निर्वाचन खर्चको प्रतिस्पर्धा गर्न सक्ने नातागोता भित्र परेको ६०बर्ष पार गरेको युवालाई १८ बर्ष देखि ५० बर्ष पार गरेका केटाकेटिले परिचालित हुदै मतदान गर्नु पर्छ। निर्वाचन पछि १८-५० बर्षका केटाकेटीहरु सक्नेले विकसित मुलुक तिर जाने नसक्नेले अन्य खाडी मुलुक तिर जाने बाटो लाग्ने कुरा हाम्रो बाध्यता नै बनेको होकि जस्तो देखिन्छ।
पार्टी चलाउन सजिलो बनाउनेलाई समानुपातिक बाट अनिवार्य रुपमा स-शुल्क प्रवेश गरि जनप्रतिनिधि देखि मन्त्री बनाउनु सबै पार्टिहरुको आफ्नो पार्टि चलाउने दायित्व भन्ने बुझ्दा पार्टिको सिद्धान्त र आदर्शलाई नेता कार्यकर्ताले त्यही ढंगले मिलाएर बुझ्नु पर्छ।एक चोटि निर्वाचित भए पछि फेरि अर्को निर्वाचनमा पनि आफैले टिकट लिने आफै निर्वाचित हुने अवसर पाउनको लागि जुनसुकै तवर बाट सान दाम प्रयोग गरि सधैं सत्ता र शक्तिमा बस्ने व्यबसाय फस्टाउनु लाई कर्याकर्ताले बिरोध गरेर नि व्यबसाय छोड्ने कुरा हुदैन ।
आफ्नो नेताले गरेका हरेक व्यबहारलाई राम्रो भन्ने र सदैव प्रचार गर्दै स-शुल्क सहयोग गरेमा केही राजनीतिक अबसर र सदैव न्युती पाउने अबसर पनि नेताहरुले छोड्ने कुरा हुदैन । आदर्श र लामो योगदान भएकाहरु बाट पनि आफ्नो अवसर पूरा गर्न यति सम्म तल नझरेको भएपनी हुन्थ्यो भनेर मन मनै भन्नू पर्ने अवस्था आउदा इमानदार कार्यकर्तालाई चोट लागेनी काग को हुलमा बकुल्लो हुनु पर्छ अन्यथा बोल्नु भयो भने तपाईं लाई बिरोधिको आरोप लाग्ने कुरालाई स्वभाविक लिनु पर्ने हुन्छ।
एक निर्वाचन सकिए पछि देखी अर्को निर्वाचन सम पनि पार्टी को घोषण पत्र कार्यान्वयन गर्न पहल कदम भन्दा सरकारलाई अस्थिर बनाउन आफु जसरी PM हुन सबै किसिमका योगदान गर्न सक्रियता भएको देखिनु र सबै कमिटी चलायमान हुन नदिने र एकताको काम सम्पन्न गर्न कति बर्ष लाग्ने हो ? सम्पन्न नहुदै फेरि क्रान्ति छ्लाङ्ग नगरी आफुले सोचेको पूरा नहुने देखियो भने सो कामको पुरा गर्न नयाँ क्रमभङ्ग भयो भने नौलो हुने छैन ।
तल देखि माथी सम्म पार्टी केही नेताको हातमा रहने र सो ठाँउमा पद प्राप्ति तथा आय आर्जन हुने कुरालाई महत्त्व दिने शैली देखियो भने अहिले हल्का ढंगले संक्रमण अबधि छ अहिले त्यसरी नै बुझ्न सुल्झाउने कुरा न भएको पनि हैन अनि संस्थागत निर्णय भन्दा नि आफ्नो निर्णय लागू गर्न लाग्ने र योग्यता र क्षमता भएकालाई हैन आफ्नो नातागोता र व्यावसायिक सम्पन्नलाई लाई मन्त्री देखि पार्टी कमिटीमा अटाउने ब्यबस्था कहिले सम्म हुने हो ।पार्टी र त्यसका जनबर्गिय संगठनमा ब्यत्तिहरुको हाबी हुनेगरी परिचालन हुँदै सिमित ब्यतिको काम पूरा गर्न लाग्ने केही थान अवसर बादी हुल देखदा तपाईहरुले बिरोध गर्ने काम ठिक हुँदैन भनेर बुझ्दा राम्रो हुन्छ।
~अर्जुन अधिकारी