कुवेतबाट १५० नेपाली आइपुगे
बिहीबार १५० नेपाली कुवेतबाट नेपाल आइपुगेका छन्।
रोजगारीको शिलशिलामा कुवेत पुगेका १५० जना नेपाली महिलाहरूलाई कुवेत सरकारले नेपाल पठाएको हो। उनीहरूलाई ल्याएर जजिरा एयरवेज एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो।
आजै अर्को जहाजबाट थप १५० नेपाली आउँदै छन्। आज नेपाल फर्किनेमा अधिकांश घरेलु महिला कामदार छन्। सरकारले पछिल्लो समय विदेशमा अलपत्र परेका नेपालीलाई जहाजबाट नेपाल ल्याउने निर्णय गरेको छ।
उडान तालिकाः
सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन्। त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन्।
त्यस्तै, असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्समा उडान हुने छ। असार ३ मा अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा उडान हुने छ। असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन उडान हुने छ। असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुने छ।
असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान हुने छ। असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया तथा असार ८ मा अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार हुनेछ। असार ९ मा जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा तथा असार १० मा साउदी अरब, कुवेत र असार ११ मा साइप्रस र इजरायल उडान गर्ने तालिका तय गरिएको छ।