इन्जिनियरिङ पेसाको लाइसेन्समा कडाइ, अब परीक्षा पास गर्नैपर्ने
नेपालमा औपचारिक इन्जिनियरिङको इतिहास हेर्ने हो भने धेरै पर छैन । यद्यपि वैदिक कालदेखि नै हिमालय खण्डमा विभिन्न ढंगका प्रविधिको विकास भएको पाइन्छ ।मल्लकालमा इन्जिनियरिङ क्षेत्र विकसित भएको देखिन्छ । अरनिको नपढेका आर्किटेक हुन् ।
चीनमा नेपाली भनेर गौरव दिएका छन् । नेपालको सन्दर्भमा किशोर नरसिंह राणा र कुमार नरसिंह राणा महत्त्वपूर्ण मानिन्छन् ।
दुई दाजुभाइले जापनाबाट इन्जिनियरिङ पढेर आएर सिंहदरबार बनाएका थिए । तर, इन्जिनियरिङको औपचारिक सुरुवात भने १९८५ देखि सुरु भएको हो । यो समयमा इन्जिनियरङ स्कुल स्थापना भयो ।
यसबाट विकसित हुँदै १९८७ सालमा नेपालमा इन्जिनियरिङको तालिम सुरु भएको थियो । त्यसको १० वर्षपछि इन्जिनियरिङ स्कुल सुरु भयो । २०१९ सालमा आइपुग्दा इन्जिनियरिङ तालिम इन्स्टिच्युट भनेर थापाथलीमा सुरु भयो ।
अब इञ्जिनियरहरुले लाइेसन्स लिन परीक्षा दिनुपर्ने भएको छ । विश्वविद्यालयबाट पास भएको सर्टिफिकेट पेस गरेपछि परिषद्ले लाइसेन्स दिने गरेको थियो । अब लाइसेन्स लिनका लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षा पास हुनुपर्छ ।
संसदको विकास तथा प्रविधि समितिले इन्जिनियरिङ काउन्सिल ऐन संशाेधन विधेयक पास गरेको छ ।उक्त विधेयकमा लाइसेन्सका लागि परिक्षा अनिवार्य गरिएको छ ।