ब्राजिलमा कोरोनाबाट ४३ हजार बढीको मृत्यु
कोरोना भाइरसको इपिसेन्टर बनेको ल्याटिनी अमेरिकी देश ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार नाघेको छ।
ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या ४३ हजार नाघ्यो, यी हुन् कोरोनाबाट धेरै मृत्यु हुने ६ मुलुक जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोनाका कारण धेरै मृत्यु हुने मुलुकमा ब्राजिल अमेरिकापछि दोश्रो स्थानमा रहेको छ। ब्राजिलमा हालसम्म ८ लाख ६७ हजार ६ सय २४ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। अमेरिकामा भने यो संख्या २० लाख बढीमा छ भने संक्रमणबाट १ लाख १५ हजार बढी मानिसको मृत्यु भइसकेको छ।
यी मुलुकपछि सबैभन्दा धेरै मृत्यु हुने तेश्रो मुलुक बेलायत हो।