माइतीघरबाट दश जना पक्राउ
माइतीघर मण्डलमा शनिबार भएको प्रदर्शनमा सहभागी काठमाडौंका ईशानलाई प्रहरीले पक्राउ गरेको छ।
कोरोनाभाइरस महामारीमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको, १०० प्रतिशत पिसिआर विधिबाट परीक्षण गरिनुपर्ने, कोरोना नियन्त्रणमा हालसम्म भएका खर्चका विवरण सार्वजनिक गरिनुपर्नेलगायत माग राखेर केही दिनदेखि नागरिकस्तरबाट प्रदर्शन हुँदै आएका छन्।
शनिबार भएको प्रदर्शनमा पुगेका ईशानसहित १० जनालाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लवमा राखेको छ। एक प्रहरी उच्चअधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार पक्राउ पर्नेमा केही विदेशी नागरिक पनि छन्। उनीहरूलाई के कारवाही गर्ने भन्ने एकीन भइसकेको छैन।
ती प्रहरी अधिकारीले भने, ‘ईशानसहित पक्राउ परेकाबारे अनुसन्धान हुँदैछ। लकडाउन उलंघन र निषेधित क्षेत्र तोडेपछि उनीहरूलाई पक्राउ गरिएको हो।’