जर्मनीका स्वास्थ्य मन्त्री : कोरोना भाइरसबाट बच्न नसकिने अवस्था सिर्जना हुँदै
(एजेन्सी) जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले बुधबार कोरोना भाइरसको खतराबाट बच्न नकसिने अवस्था सिर्जना हुँदै गएको धारणा व्यक्त गरेका छन् ।
मंगलबार जर्मनीको पश्चिमी राज्य उत्तर राइन वेस्टफालियाको दुई नगरपालिकाहरूमा लकडाउन पुनः लागू गरिसकेपछि उनको यो भनाइ आएको जनाइएको छ ।
वास्तवमा, यस प्रान्तमा अवस्थित एक मासु प्याकिंग प्लान्टमा कोरोना संक्रमितहरुको ठूलो संख्या पाइएको थियो । अप्रिलको अन्तमा जर्मनीमा लकडाउन हटाउने अभियान सुरु गरेपछिको यो संक्रमितहरुको पहिलो ठूलो संख्या थियो । तर खुकुलोपनबीच संक्रमणको बढ्दो घटनाहरूलाई ध्यानमा राख्दै गेटर्सलोह र भरेन्डोर्फमा पुनः लकडाउन लागू गर्नु परेको छ ।
स्वास्थ्य मन्त्री जेन्स स्पानले जर्मन मिडियालाई भने, ‘ हामी हेर्दैछौं कि यदि हामीले लकडाउन सजिलो बनायौं भने भाइरस एकदम चाँडै फेरि फैलिनेछ, हामीले यो केवल गेटर्सलोहमा हेरिरहेका छैनौं, यो हामीले गोटिंगेन, लिरिमा पनि ध्यान पुर्याका छौँ , ब्रेमेनमा, चर्चहरूमा र पारिवारिक जमघटहरूमा पनि हाम्रो ध्यान पुगेको छ । ’
तसर्थ यो स्पष्ट गर्नु महत्त्वपूर्ण छ कि संक्रमितका तथ्यांकहरु धेरै हप्ताहरूको लागि कम भए पनि, यहाँ कोरोना भाइरस अझै छ र प्रभावशाली बन्दैछ भनने बुझ्न अब गाह्रो नबनेको मन्त्री स्पानको भनाइ छ ।