काेसी अस्पतालबाट २७ जना संक्रमित डिस्चार्ज
(विराटनगर) विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट २७ जना कोरोनामुक्त भएर बिहीबार डिस्चार्ज भएका छन् । चार जना महिलासहित २७ जना बिहीबार कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन ।
डिस्चार्ज हुनेमा उदयुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, धनकुटाका २, खोटाङका १ र सप्तरीका २ जना छन् । डिस्चार्ज भएकाहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले फूलको गुच्छा दिएर बिदाइ गरेका थिए ।
२७ जना संक्रमित डिस्चार्ज भएसँगै अस्पतालमा १४ जना संक्रमित उपचाररत छन् । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।