एक लाखमा कोरोना, ५६ हजार निको भए
(काठमाडौं) पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण एक लाख भन्दा बढीमा देखिएका छ । शुक्रबार अपरान्हसम्मा १ लाख १ सय ६२ जनामा कोरोनाको संकेत देखिएको हो ।
कोरोना देखिएका मध्ये आधा भन्दा बढी निको भइसकेका छन् । ९३ देशमा पुगेको कोरोनाका ५५ हजार ८ सय १२ जना उपचारपछि निको भइसकेको एजेन्सीहरूले जनाएका छन् ।
कोरोनाका कारण ३ हजार ४०६ जनाको ज्यान गइसकेको छ ।