अवैध अमेरिकी डलरसहित सिङ्गापुरका नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर सहित सिङ्गापुरका नागरिक पक्राउ परेका छन्।
सोमबार साँझ प्रहरीले सिंगापुर जान लागेका सिंगापुरका ५७ वर्षीय टानघिम चियोङलाई पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा चियोङको ह्याण्डब्यागबाट ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला परेको थियो।
चियोङलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।