कोरोना त्रासका कारण ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न अनुरोध गर्यो
(एजेन्सी) कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमण बढेसँगै सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्न ट्विटरले यस्तो उपाय अपनाएको हो । सामाजिक सञ्जालमध्येको एक प्रमुख ट्विटरले ब्लग पोस्टमा हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीहरुलाई अनिवार्यरुपमा घरबाटै काम गर्न निर्देशन दिएको हो ।
कम्पनीले विश्वभरि रहेका आफ्ना पाँच हजार कर्मचारीलाई काममा नआउन कडा रुपमा प्रोत्साहित गरेको छ । ट्विटरले आफ्ना सबै कर्मचारीहरुलाई अनावश्यक र गैरव्यावसायिक यात्रा गर्न तथा कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएपछि सो निर्देशन दिएको हो । कम्पनीले टेक्सासको अस्टिनमा भएको दक्षिण–पश्चिम मिडिया सम्मेलनमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विशेष रणनीति अपनाउने बताएको थियो ।
ट्विटरका मानव संशाधन प्रमुख जेनफर क्रिस्टीले आफ्नो लक्ष्य कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण फैलन कम रहेको बताएका छन् ।