सुनकाे मूल्य घट्याे
(काठमाडौं) बुधबार सुनको मूल्यमा गिजरावट आएको छ । सोमबार इतिहासकै उच्च मूल्य तोलाको ८० हजार ३ सय पुगेकाे सुन आज सोमबार ७९ हजार ५ सय रुपैयाँमा
झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार तोलाको ८० हजारमा कारोबार भएको सुन आज तोलामा ५ सयले घटेको हो । त्यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको ९ सय पच्चीसमा कारोबार भएको थियो ।