मृत्यु हुनेको संख्या दुई हजार आठ सय नाघ्यो
(बेइजिङ) कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या दुई हजार आठ सय नाघेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस अधानोमका अनुसार कोरोना भाइरसबाट चीनमा दुई हजार सात सय ४७ र अन्य देशमा ५४ गरी दुई हजार आठ सय १ पुगेको छ।
उनले चीनमा ४८ हजार ६ सय ३० र अन्य देशमा तीन हजार चार सय ७४ संक्रमित भएको बताए। यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख ट्रेडोस अधानोमले कोरोना भाइरसको विषयमा अहिले चीन नभएर बाँकी विश्व ‘हाम्रो सबैभन्दा ठूलो चिन्ता’को विषय भएको भएको बताएका छन्।
चीनको तुलनामा बाँकी देशमा नयाँ संक्रमणको दर बढेको भएको पाइएपछि उनको यो भनाई सार्वजनिक भएको हो।
उनले पछिल्लो २४ घन्टामा सात नयाँ देशमा कोरोनाको संक्रमण भेटिएको बताए। सबै देशले कोरोना नियन्त्रणका लाािग कदम चाल्नुपर्ने उनको भनाइ छ। ‘यदि तपाईंहरूले अहिले नै कदम चाले कोरोना भाइरस नियन्त्रण गर्न सक्नुहुनेछ। आम सर्वसाधारणलाई संक्रमित हुनबाट जोगाउन सक्नुहुनेछ, जीवन बचाउन सक्नुहुनेछ,’ उनले भने।