सेयर बजारमा रेकर्ड ब्रेक– ५१ अंकले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार
(काठमाडौं) बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर भएको तीब्र उतारचढावबीच सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ ।
बुधबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो । कारोबार रकममा समेत उल्लास देखिएको छ । ४ अर्ब भन्दा बढीको कारोबार भएर नेप्सेमा सेयर कारोबार रकमले रेकर्ड नै ब्रेक समेत गरेको छ । कारोबार रकममा मात्रै कारोबार संख्यामा समेत नेप्सेले रेकर्ड ब्रेक गरेको छ । दिनभर भएका ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस अघि गत आइतबार कारोबार रकम, कारोबार संख्या र किनबेच भएको सेयरको संख्यामा नेपालको पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कामय भएको थियाे ।
त्यसदिन ३० हजार ४ सय ५६ कारोबारबाट कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियाे । सेयर काराेबार रकममा समेत नयाँ रेकर्ड कायम भएकाे छ ।
गत आइतबार तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर कारोबार भएर नयाँ किर्तिमान कायम भएको थियाे ।
बुधबार ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँकाे काराेबार भएर नयाँ रेकर्ड कायम भएकाे हाे ।