प्रधानमन्त्री ओली : हेर्नुहोला, भोलि पनि बाँसुरी बजाएको फोटो छाप्छन्
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले केही सञ्चार माध्यम पूर्वाग्रही भएको गुनासो गरेका छन् ।
काठमाडौंमा विजुलीका तार भूमिगत गर्ने कामको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बाँसुरी बजाएको तस्वीर दैनिक छाप्ने गरेको बताए । उनले भने, ‘ कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि ।’