गाउँपालिकालाई हेलिकप्टरद्वारा चामल
(बझाङ) सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको साईपाल गाउँपालिकामा हेलिकप्टरद्वारा चामल पुर्याईएको छ । गहिरो हिमपातपछि सदरमुकाम चैनपुर देखि करिब ३ देखि ४ दिन पैदल यात्रा हिड्नुपर्ने बाध्यता रहेको यो क्षेत्रमा हिउँले गर्दा बाटो अवरुद्ध भएपछि त्यहाँका कतिपय जनसमुदायहरु भोकै बस्नु परेको नेपाल कम्युनिष्ट पार्टी साईपाल गाउँपालिका अध्यक्ष शेरबहादुर बोहराले बताए ।
साईपाल गाउँपालिकामा खाद्यान्नको अभाव भएपछि प्रतिनिधिसभा सदस्य माननीय आशा कुमारी विकको पहलमा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साईपाल गाउँपालिकामा शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको हो । नेपाली सेनाको हेलिकोप्टरले खाद्य संस्थान सुर्खेतबाट २५ क्विन्टल २० केजी चामल साईपाल गाउँपालिकाको धुलीमा ढुवानी गरेको छ ।
ढुवानी भएको चामल साईपाल गाउँपालिकाको धुली र बलौडी गाउँका स्थानीयलाई प्रति व्यक्ति ३ केजीका दरले वितरण गरिने भएको स्रोतको भनाइ छ । गाउँपालिकामा खाद्यान्न पुग्दा स्थानीय खुसि भएको बोहराले बता