अग्नि सापकोटाविरुद्धको मुद्दा हरि फुँयालको इजलासमा
(काठमाडौं) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका अग्निप्रसाद सापकोटाविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेकोछ।
सापकोटा फौजदारी मुद्दामा जोडिएकाले सभामुख निर्वाचित नगर्न भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गरेका थिए।
प्रतिनिधिसभा बैठक आज ३ बजेलाई बोलाइएको छ। आजको बैठकले सापकोटालाई सभामुख घोषणा गर्ने कार्यक्रम छ।