दुई जनाको करेन्ट लागेर मृत्यु
(काठमाडौं) नवलपरासी(पश्चिम) र पाल्पामा करेन्ट लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-२ पिपरहवा का २५ वर्षीय जयहिन्द नाउँ र धादिङको रोलाङ गाउँपालिका-४ का २६ वर्षीय नेत्र बहादुर विसुन्केको मृत्यु भएको प्रहरीले जनाएको छ ।