संसदको हिउँदे अधिवेशन पुस ४ गते बोलाउन राष्ट्रपतिलाई पत्र
(काठमाडाै) मन्त्रिपरिषदले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।
सोमबार बसेको बैठकले संसदको हिउँदे अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई पत्र पठाएको हो । विधेयक अधिवेशनका रूपमा समेत लिइने हिउँदे अधिवेशन सामान्यतः पुसदेखि फागुनसम्म बोलाउने गरिन्छ । यसपालि हिउँदे अधिवशेनले नयाँ सभामुख समेत चयन गर्नुपर्नेछ । गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।
संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि जेल चलान भएका छन् । सभामुख नभएका कारण विधेयक प्रमाणीकरण गर्न बाँकी छ ।