दलितमाथि कुटपिटमा उत्रेका वडा सदस्य पक्राउ
(पाल्पा) पाल्पाको तिनाउ गाउँपालिकामा दलितमाथि कुटपिटमा उत्रेका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य चुन्नबहादुर बिष्ट हुन् । बिष्टले सोही ठाउँमा ५१ वर्षीय मोहनबीर नेपालीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबेन्द्र पौडेलले बताए ।
जातीय छुवाछु कसुर ऐन र कुटपिट सम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा बिष्टलाई पक्राउ गरिएको हो । आर्थिक लेनदेन सम्बन्धी कुराकानीका क्रममा बिष्टले नेपालीलाई कुटपिट गरेर घाइते बनाएका थिए । नेपालीको आँखा, घाटी र शरीरका विभिन्न भागमा चोट लागेको छ ।