प्राविधिक बिषय अध्यापन गराउन महायज्ञ हुँदै
(गोर्खा) गोर्खा सदरमुकामको नारेश्वरमा रहेको एक माविले प्राविधिक बिषय अध्यापन गराउन महायज्ञ गर्न लागेको छ ।
गोरखा नगरपालिका ३ को नारेश्वर स्थित घलाङमा रहेको राष्ट्रिय माविले पशु विज्ञान सम्वन्धी प्राविधिक शिक्षा अध्यापन गराउन आर्थिक अभाव भए पछि महायज्ञ गर्न लागेको हो । ‘ सिटीईभिटी मार्फत पशु बिज्ञानको ३ बर्षे कोष चलाउनका लागि डिपोजिट गर्ने पैसा समेत नभए पछि महायज्ञ गर्न लागेको’ स्कुलका प्रधानाध्यापक नवराज वस्नेतले बताए ।
कार्यक्रमको भौतिक पुर्वाधार विकास मन्त्रि रामशरण बस्नेतले गर्ने कार्यक्रम तय गरीएको आयोजकले जानकारी दिएको छ ।
धार्मिक तथा शैक्षिक महोत्सव मुल समारोह समितिका अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा भएको पत्रकार सम्मलेनलमा महायज्ञको सबै तयारी पुरा भएको र यज्ञकालागि स्थानियले सहयोग गरी रहेको जानकारी गराईएको थियो । धार्मिक अभियान्ता पं.श्री बासुदेव घिमिरलेको संकल्पमा युवा पं.श्री ईश्वर रेग्मी प्रमुख वाचक रहने छ ।
आयोजकले महायज्ञबाट स्वदेश तथा विदेशमा रहेका गोरर्खालीहरुबाट १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका छन । महायज्ञ अवधिभरमा २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
महायज्ञका विषयमा जानकारी गराउने उद्वेश्यका साथ गोरखा सरदमुकाममा पत्रकार सम्मलेन गर्दै कार्तिक १ गते बाट बिद्यालय प्राङगणमा नै महायज्ञ गर्न लागेको जानकारी दिएको हो ।
उक्त विद्यालयमा कुमाल र दलित समुदायका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन । हाल उत्त बिद्यालयमा १६० जनाले अध्ययन गर्दै आएको छ ।