नुस्रतकै दुईजना साथी पनि दोषी ठहरिए
(एजेन्सी) एक किशोरीको हत्या गरेको अभियोगमा बंगलादेशको अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। आफू अध्ययनरत् विद्यालयको प्रधानअध्यापकमाथि यौन उत्पिडनको आरोप लगाउँदै उजुरी दिएको केही दिनमै किशोरीको हत्या गरिएको थियो। नुस्रत जहाँ रफी नामकी १९ वर्षे किशोरीको गत अप्रिल महिनामा फेनी भन्ने गाउँमा हत्या भएको हो।
उक्त गाउँ राजधानी ढाकाबाट १६० किलोमिटरको दुरीमा छ। घटनामा प्रधानअध्यापकसहित नुस्रतकै दुई साथी पनि दोषी ठहरिएका छन्।
उनको हत्यासँगै देशैभर न्यायको पक्षमा प्रदर्शन भएको थियो। घटनाको सुनुवाई गरी फैसला सुनाउन अदालतले धेरै समय लगाएन, अन्यथा यस्तो केसमा वर्षौं बित्नेगर्थ्यो। फैसलासँगै ‘दोषीले कुनै हालतमा उन्मुक्ति पाउनेछैनन्’ भन्ने सन्देश गएको अभियोजक हाफिज अहमदले बताए।
नुस्रत जहाँ रफी नामकी १९ वर्षे किशोरीको गत अप्रिल महिनामा फेनी भन्ने गाउँमा हत्या भएको हो। उक्त गाउँ राजधानी ढाकाबाट १६० किलोमिटरको दुरीमा छ। घटनामा प्रधानअध्यापकसहित नुस्रतकै दुई साथी पनि दोषी ठहरिएका छन्।
घटनामा शक्तिशाली मानिसहरुको संलग्नता रहेका कारण नुस्रतकै साथीहरु पनि मौन बसेको अनुसन्धानले देखाएको छ। अनुसन्धान रिपोर्टका अनुसार, प्रधानअध्यापक सिराज उद दौलासहित तीन शिक्षकहरुले जेलभित्रै नुस्रतको हत्याको तानाबाना बुनेका थिए। ती तीनै जना बिहीबार दोषी ठहरिएका हुन्। तीबाहेक सत्तारुढ अवामी लिगका दुई स्थानीय नेता पनि दोषी पाइएका छन्।
स्थानीय प्रहरीले पनि पिडकलाई साथ दिँदै नुस्रतले आत्महत्या गरेको गलत जानकारी फैलाएको अनुसन्धानले देखाएको छ।
गत ६ अप्रिलका दिन प्रधानअध्यापक सिराजले नुस्रतलाई फकाइफुल्याई विद्यालयको छतमा लगेका थिए। त्यसको एघार दिनपछि नुस्रतले घटनाबारे मुख खोल्दै सिराजले आँफूमाथि दुर्व्यवहार गरेको उजुरी दर्ता गरिन्। त्यसलगत्तै बुर्का लगाएका केही मानिसहरुले नुस्रतलाई एकान्तमा घेरी उजुरी फिर्ता लिन दबाव दिए। नमानेपछि उनलाई जिउँदै जलाउन खोजियो, आगो लगाइयो।
‘सरले ममाथि दुर्व्यवहार गरे, मनलाग्दी छोए। म अन्तिम श्वास रहुञ्जेल यो अपराधविरुद्ध लड्नेछु,’ उनले घटनामा सामेल केही मान्छेको नाम लिँदै भिडियोमा भनेकी छन्। आगोका कारण नुस्रतको शरीरको ८० प्रतिशत हिस्सा चोटग्रस्त बनेको थियो। घटनाको ४ दिनपछि उनको मृत्यु भयो।