राजपा धनुषाले डाक्यो सर्वदलीय बैठक, सांसद साहलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा
(जनकपुर) राजपा नेपालका संघीय सांसद प्रमोद साह पक्राउ परेको विषयमा धनुषा जिल्ला राजपा नेपाल पार्टीले सर्वपक्षीय बैठक गरेको छ ।
बैठकमा राजपा र समाजवादी वाहेक अन्य पार्टी उपस्थित नरहेको तर जनकपुरका अन्य युवा क्लब र लूज फोरमवाला प्रतिनिधि भने उपस्थित छन् ।बैठक जनकपुरको उद्योग वाणिज्य संघको सभा हलमा बसेको छ ।
सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साहले जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टर तोडफोड गरेका थिए ।
उनीमाथि मैगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ।
जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले साहलाई नियन्त्रण्मा लिएकोमा आज जिल्ला अदालत धनुषाले चार दिनको लागि म्याद थप गरेको छ ।