आलमलाई थप ७ दिनसम्म थुनामा राख्न अदालतको आदेश
(रौतहट) नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताफ आलमको म्याद अदालतले सात दिन थप गरेको छ ।
राजपुर बमकाण्डका आरोपी आलमलाई अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि अदालतले थप सात दिनसम्म थुनामा राख्न आदेश दिएकाे हाे ।
जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागि प्रहरीलाई म्याद प्रदान गरेको छ ।अदालत परिसरबाट बाहिरिँदै गर्दा उनले आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि थप कुरा गर्ने बताए । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्याइएको छ ।
२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेको हो ।